काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी, हितमान शाक्य पराजित

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ मतपरिणामअनुसार नेपाली काँग्रेसका राजन केसी वाम गठबन्धनका हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराउँदै विजयी भएका छन् खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १ सय ९० मत ल्याए भने शाक्यले २१ हजार ९ सय ७ मत मात्रै पाए केसीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका सुरेन्द्र मानन्धर र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएका थिए केसीको जितसँगै काँग्रेसले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं १ बाट प्रकाशमान सिंह र ४ बाट गगन थापा विजयी भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?