२०७४, २३ मङ्सिर शनिवार ०५:४७

को हुन भावी मुख्यमन्त्री शंकर पोखरेल ? शब्द चित्रमा


प्रकाशित मिति : २०७४, २३ मङ्सिर शनिवार ०५:४७

काठमाडौं, २३ मंसिर । नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका थिए । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका थिए । विक्रम सम्वत २०१९ साल फागुन १५गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराजशर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मेका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य हुन २०३६ सालमाभएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती व्यवस्था अन्त्यकालागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका खेल्नु भएका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्रका पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता हुन । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेलाहिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादीहरुलाई शान्ति प्रकृयामा ल्याउनकालागि गरिएको विभिन्न प्रकारका छलफलहरुमा उनको सकृय सहभागित रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव थिए जनकपुरमा भएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । संविधान सभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्सका साथ उहाँले पार्टीमा राज्य पुनसंरचना सम्वन्धि लिखित दस्तावेज प्रस्तुत गरेका थिए । राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको उनी सचिव थिए । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नु भएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा उनले प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उनको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमाउहाँले संसदमासमेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सिमित सांसदहरुमा पर्छन् त्रिभुवन विश्वविद्यालयबाट एमबीएतहको अध्ययन पुरा गर्नुभएकापोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन । आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि वढ्नु पर्दछ भन्ने उहाँयतिवेला नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)कातर्फवाट पाँचनम्वर प्रदेशको मुख्यमन्त्रीका प्रस्तावितहुनु भएको छ । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नु भएका पोखरेल प्रदेशको नेतृत्वकर्ताका रुपमा जानुलाई अर्थपूर्ण लिइएको छ हाल पार्टीमा पोखरेलले पार्टि स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पार्टी कार्यकर्तालाई प्रशिक्षितगर्ने काममापोखरेल निकै सक्रिय हुन । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायमगर्न सक्ने नेताहरु मध्ये एक हुन । विगतमा पार्टी सचिवको रुपमा काम गरिसकेका पोखरेलले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उनले साहित्य सृजनातर्फ पनिउत्तिकै सक्रियताका साथ कलमचलाउनु भएको छ । पोखरेलले युगलहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन पनि गरेका छन् । एक्काइसौ शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उहाँको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहनगर्नु भएको थियो । पटकपटक जेल र दर्जनौ पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सिमित नेताहरु मध्ये हुन । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुन । उनका दुई छोरी छन् संक्षेपमा शंकर पोखरेलः–– विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तान – त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक – आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य्दिशाको रुपमा आत्मसात – ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित – हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य , पार्टि स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा संचार मन्त्रीको जिम्मेवारी – नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्य मन्त्रीका प्रस्तावित – नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता – जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका – विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता – अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष – अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह – २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५÷४६ पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका – २०६२÷६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता – माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जनागर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व– माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव – एमालेको सातौ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश – राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव – आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार – केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन – साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताकासाथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन साथै एक्काइसौ शताव्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन – नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ०००प्रस्तुतीः अजय शर्मा

प्रतिक्रिया दिनुहोस