ललितपुर– ३ मा प्रवक्ता भुसाल विजयी

ललितपुर, २३ मंसिर । प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी भएको छ भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी भएको हो । उनी यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएको थियो । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा भएको पहिलो महिला उम्मेदवार हुन भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आएकी छिन् । तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा उनी तीन पटक मन्त्री भइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?