मोरङको क्षेत्र नं ६ र ३ मा वाम गठबन्धन विजयी

विराटनगर, २३ मंसिर । मोरङका छ मध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् सोअनुरुप मोरङ–६ बाट नेकपा(एमाले)का लालबाबु पण्डित ३३ हजार ९४१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा शेखर कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरेको छ त्यस्तै मोरङ –३ बाट एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?