रसुुवामा कांग्रेसको सानदार जित ः प्रतिनिधि र प्रदेशसभामा पनि लोकतान्त्रिक गठबन्धन

रसुवा, २३ मंसिर। नेपाली कांग्रेसका उम्मेद्वार मोहन आचार्य रसुवाबाट विजयी भएका छन् । आचार्यले नेकपा एमालेका उम्मेद्वार जनार्दन ढकाललाई पराजित गर्दै प्रतिनिधिसभामा चुनिएका छन् । घोषणा भएको अन्तिम मतपरिणाम अनुसार आचार्यले १४,७३५ मत प्राप्त गरे भने ढकालले १०,५६० मत प्राप्त गरे यस्तै रसुवाको प्रदेशसभाको क र ख मा पनि लोकतान्त्रिक गठबन्धनले नै हात पारेको छ । क बाट नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् भने प्रदेश ख बाट नया शक्तिका प्रेम तामाङ विजयी भएका छन् । रसुुवामा कांग्रेस र नयाशक्तिबिच गठबन्धन रहेको थियो यसैगरी काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले थापा विजयी भएका हुन् । कांग्रेसका थापाले २१ हजार ५ सय ५१ले जित हासिल गरेका छन् भने उनका प्रतिद्धन्दी एमालेका राजन भट्टराइ १८ हजार १ सय ४० मत पाप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?