अपडेट चितवन ३ ः प्रचण्डको अग्रता बढ्दो

चितवन, २३ मंसिर— चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार प्रचण्डले फराकिलो अग्रता बनाउँदै लगेका छन् । शनिबार बिहानको ताजा मतपरिणामअनुसार प्रचण्डले ५२५० मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३०५७ मत ल्याएका छन् यस्तै नेकपा कांग्रेसका सभापति तथा डडेल्धुरा प्रतिनिधिसभातर्फका उम्मेदवार शेरबहादुर देउवाले झण्डै दोब्बरको मतान्तर बनाएका छन् । ताजाअवस्थामा देउवाले ५४२६ वाम त ल्याएका छन् भने माओवादी केन्द्रका खगराज भट्टले २७०० मत ल्याएका छन् यसैगरी प्रदेश सभा क तर्फ कांग्रेसकै रघुवर भट्टले २५७७ मत प्राप्त गर्दा एमालेका पठान सिंह बोहराले ३४०५ मत पाएका छन् यस्तै प्रदेश सभा ख तर्फ नेका कर्ण बहादुर मल्लले ३२०३ मत पाउँदा एमालेका डा तारा जोशीले २१६८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?