अपडेट चितवन ३ ः प्रचण्डको अग्रता बढ्दो

चितवन, २३ मंसिर— चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार प्रचण्डले फराकिलो अग्रता बनाउँदै लगेका छन् । शनिबार बिहानको ताजा मतपरिणामअनुसार प्रचण्डले ५२५० मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३०५७ मत ल्याएका छन् यस्तै कांग्रेसका सभापति तथा डडेल्धुरा प्रतिनिधिसभातर्फका उम्मेदवार शेरबहादुर देउवाले झण्डै दोब्बरको मतान्तर बनाएका छन् । ताजाअवस्थामा देउवाले ५४२६ वाम त ल्याएका छन् भने माओवादी केन्द्रका खगराज भट्टले २७०० मत ल्याएका छन् यसैगरी प्रदेश सभा क तर्फ कांग्रेसकै रघुवर भट्टले २५७७ मत प्राप्त गर्दा एमालेका पठान सिंह बोहराले ३४०५ मत पाएका छन् यस्तै प्रदेश सभा ख तर्फ नेका कर्ण बहादुर मल्लले ३२०३ मत पाउँदा एमालेका डा तारा जोशीले २१६८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?