डोल्पाको प्रतिनिधिसभातर्फ एमालेको सानदार जित

डोल्पा २२ मंसिर-डाेल्पा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन्। ११ हजार ७ सय ६१ मत ल्याएर बुढा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अंगतकुमार बुढाले ३ हजार १ सय ६७ मत मात्र ल्याएयस्तै भक्तपुर क्षेत्र नं २ मा एमाले उम्मेदवारको अग्रता रहेको छ । प्रारम्भिक मतगणनामा एमालेका महेश बस्नेत ६६५ मत ल्याएका छन् यस्तै कांग्रेसका दमननाथ ढुंगानाले ३२७ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगर ११ मत ल्याएकी छिन् । मतगणना जारी छ यसैगरी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को मतगणना जारी छ । ताजा अवस्थामा वाम गठबन्धनका माओवादी उम्मेदवार अग्नी सापकोटाले अग्रता फराकिलो पारेका छन् । उनले २४५६६ मत ल्याउँदा सञ्चारमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार मोहन बस्नेतले मात्र १८४२० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?