दोब्बर मतसहित काठमाडौँ १० मा कांग्रेसका केसी अगाडी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा कांग्रेसका उम्मेद्वार राजन केसी बाम गठबन्धनभन्दा निकै अगाडी देखिएका छन् । ले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । बाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेद्वार हितमान शाक्यले ७ सय ९३ मत ल्याउदा केसीले १४ सय ५९ मत प्राप्त गरेका छन् । केसीले २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई पनि पराजित गरेका थिए यसैगरी ,निकै चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धनका उम्मेद्वार लाबबाबु पण्डित प्रारम्भिक चरणमा अगाडी छन् । पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् यस्तै , काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता कायमा राखेका छन् । उनलाई विवेकशिल साझा पार्टीका रविन्द्र मिश्रले पछ्याइरहेका छन् । यस्तै बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका अनिल शर्मा तेस्रो स्थानमा छन् । प्रमाशमान सिंहले १ हजार ७ सय तिन मत प्राप्त गरेका छन् भने मिश्रले १ हजार ९३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?