शेखरलाई पछिपार्दै लालबाबु अगाडी

मोरङ ,२२ मंसिर । निकै चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धनका उम्मेद्वार लाबबाबु पण्डित प्रारम्भिक चरणमा अगाडी छन् । पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् यस्तै , काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता कायमा राखेका छन् । उनलाई विवेकशिल साझा पार्टीका रविन्द्र मिश्रले पछ्याइरहेका छन् । यस्तै बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका अनिल शर्मा तेस्रो स्थानमा छन् । प्रमाशमान सिंहले १ हजार ७ सय तिन मत प्राप्त गरेका छन् भने मिश्रले १ हजार ९३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?