१४ मङ्सिर २०८०, बिहीवार

पुर्वमन्त्रीको घरमा प्रहरीको छापा, भ्रष्टचार गरि लुकाएको २०० करोड भेटियो

२०७४,भाद्र,२२,बिहीवार १६:३२

9
Shares

काठमाण्डौं, २२ भदौ ।एजेन्सी । ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो ।मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो । उक्त रकम गणणा गर्न सातवटा मेशिनको प्रयोग गरिएको थियो । सिन्हाको रिपोर्ट अनुसार संघीय प्रहरीले पहिलो पटक यति ठुलो रकम जफत गरेको हो । नोटहरुको संख्या यति धेरै थियो कि कैयौ सुटकेश र बक्स भरिएको थियो ।यो रकम भ्रष्टचारको मामिला अन्तर्गत जम्मा गरिएको छ । उक्त घर सात महिनादेखि नजरबन्दमा रहेका लिमासँग जोडिएको बताइएको छ ।सन २०१६ मा उनलाई भ्रष्टचारको मुद्धा लागेपनि उनले आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले राष्ट्रपति माइकल टिमरको कार्यकालमा ६ महिनासम्म सचिव पद सम्हालेका थिए । रिपोर्टका अनुसार लिमाले पुर्व संस्कृति मन्त्री मारसेलो कालेरो र उनको परिवारको एक रियल स्टेट प्रोजेक्टलाई मान्यता दिने दबाब दिएका थिए ।नेपालीपत्रबाट

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार १६:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । रिहा हुनेमा १२ जना इजरायली नागरिक र

काठमाडौं । भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ । उनीहरुलाई मंगलबार भारतीय समय अनुसार

काठमाडौं । श्रीलंकाले चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा ४.५ अर्ब डलरको नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना

काठमाडौं । दक्षिण कोरियाको युवा जनसङ्ख्या तीव्र गतिमा घट्दै गएको एक अनुन्धानले देखाएको छ । अचम्म त के छ भने

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८