सोलुखुम्बुको प्रतिनिधिसभामा पनि वाम गठबन्धनको अग्रता

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको प्रतिनिधिसभामा  वाम गठबन्धनको अग्रता रहेको छ । बाम गठबन्धनका हेमकुमार राईले ७ हजार ७ सय ३८ मत ल्याउदा  नेपाली कांग्रेसका बलबहादुर केसीले ५ हजार ३ सय ८८ मत प्राप्त गरेका छन् यसैगरी,जाजरकोट जिल्लामा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणनामा काम गठबन्धनको फराकिलो अग्रता देखिएको छ । बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शक्ति बस्नेतले ७ हजार ८७ मत ल्याउदा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ५ हजार ४ सय ७३ मतमात्र प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?