१२ वर्ष लामो संक्रमणकाल सकियो

काठमाडौं, २२ मंसिर— संविधानसभाले जारी गरेको संविधानअनुसार बिहिबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै झण्डै १२ वर्ष लामो संक्रमणकाल सकिएको छ ।
 आजको कान्तिपुरमा खबर छ—संघीय संरचनाअनुरुप संघ र प्रदेश तहमा जनप्रतिनिधिमूलक संस्था चयनका लागि भएको यो निर्वाचनबाट जनताले आफ्ना निर्वाचित जनप्रतिनिधिमार्फत जारी गरेको संविधानसमेत अनुमोदन गरेका छन् । निर्वाचन परिणामलगत्तै हुने नयाँ सरकार गठन, संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन र राष्ट्रपति उपराष्ट्रपतिको चयनले संक्रमणकालका अवशेषसमेत समाप्त पार्नेछ । संघीय संरचनाअनुरुप संघ र प्रदेश तहमा जनप्रतिनिधिमूलक संस्था चयनका लागि भएको यो निर्वाचनबाट जनताले आफ्ना निर्वाचित जनप्रतिनिधिमार्फत जारी गरेको संविधानसमेत अनुमोदन गरेका छन् । निर्वाचन परिणामलगत्तै हुने नयाँ सरकार गठन, संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन र राष्ट्रपति उपराष्ट्रपतिको चयनले संक्रमणकालका अवशेषसमेत समाप्त पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?