धादिङ १ मा कांग्रेसको नाजुक अवस्था दुुईमा हाराहारी

धादिङ। धादिङको चुनाबी प्रतिस्पर्धापनि रोचक देखिने भएको छ । क्षेत्र नम्बर एकमा बाम गठबन्धनले आठ हजार मत पाउदा लोकतान्त्रिक गठबन्धननले चार हजारको हाराहारीको मत पाएको छ । तर क्षेत्र नम्बर दुुईमा भने बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा नै देखिन्छ । धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणाम भूमि त्रिपाठी (बामगठबन्धन) ः ८४१३, विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) ः ४१५३ प्रदेशसभा क्षेत्र नं १‘क’ राजेन्द्रप्रसाद पाण्डे (बामगठबन्धन) ः ७३८७ मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) ः ३०६३(ख) शालिकग्राम जमरकट्टेल (बामगठबन्धन) ः ६४६८ प्रभातकिरण सुवेदी (लोकतान्त्रिक गठबन्धन) ः २८७० धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम खेम लोहनी (बामगठबन्धन) ः ६१३१ दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन) ः ६१३१ प्रदेशसभा क्षेत्र नं 2‘क’ डां रामकुमार अधिकारी (बामगठबन्धन) ः ६०१९ रमेश धमला (लोकतान्त्रिक गठबन्धन) ः ५४२५ देशसभा क्षेत्र नं २(ख) जगत सिंम्खडा (बामगठबन्धन) ः ५१६७ डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन) ः५१४० यस्तै रसुुवामा कांग्रेस र बाम गठबन्धनबिचको मतअन्तर फराकिलो बन्दै गएको छ । झण्डै ४५ सय मत गन्दा कांग्रेसका मोहन आचार्यले २८ सय ९७ मत प्राप्त गरेका छन् भने एमालेका जनार्दन ढकालले १७ सय ७१ मत प्राप्त गरेका छन् । जसमा, प्रतिनिधि सभा तर्फ खाल्टे, थुमन, डाँडागाँउ, लांगटांग, टिमुरे, स्याप्रुबेसी, ठुलोगाँउ र बृद्दिम गणना हुंदा रुख स् २८९७ सु र्य स् १७७१ प्र देश ‘क’ ठुलो स्याप्रु, यार्सा, लांगटांग, थुमन, टिमुरे, बृद्दिम र स्याप्रु गणना हुंदा रु ख स् १६०६ सुर्य स् १६४४ यसैगरी, नुवाकोटको दुई ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । मतगणना जारी रहेको अवस्थामा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याएका छन् भने कांग्रेसका रामशरण महतले २८८३ मत ल्याएका छन् । यसैगरी क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ३०७० मत ल्याउँदा कांग्रेसका अर्जुन नरसिंह केसीले १९७० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?