अपडेटः रसुुवामा कांग्रेस ११ सय मतले अगाडी

रसुुवा ः रसुुवामा कांग्रेस र बाम गठबन्धनबिचको मतअन्तर फराकिलो बन्दै गएको छ । झण्डै ४५ सय मत गन्दा कांग्रेसका मोहन आचार्यले २८ सय ९७ मत प्राप्त गरेका छन् भने एमालेका जनार्दन ढकालले १७ सय ७१ मत प्राप्त गरेका छन् । जसमा, प्रतिनिधि सभा तर्फ खाल्टे, थुमन, डाँडागाँउ, लांगटांग, टिमुरे, स्याप्रुबेसी, ठुलोगाँउ र बृद्दिम गणना हुंदा रुख स् २८९७ सुर्य १७७१ प्रदेश ‘क’ ठुलो स्याप्रु, यार्सा, लांगटांग, थुमन, टिमुरे, बृद्दिम र स्याप्रु गणना हुंदा रुख स् १६०६ सुर्य स् १६४४ यसैगरी, नुवाकोटको दुई ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । मतगणना जारी रहेको अवस्थामा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याएका छन् भने कांग्रेसका रामशरण महतले २८८३ मत ल्याएका छन् । यसैगरी क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ३०७० मत ल्याउँदा कांग्रेसका अर्जुन नरसिंह केसीले १९७० मत ल्याएका छन् । सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिक अगाडि देखिएको छ । राप्रपाका पशुपतिशमशेर राणाले ६१२९ मत प्राप्त गरेका छन् भने एमालेका शेरबहादुर तामाङले ५९२९ मत प्राप्त गरेका छन् । यस्तै सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले ८९७० मत र कांग्रेसका मोहनबहादुर बस्नेतले ४९४५ मत ल्याएका छन् । मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?