मोहनविक्रम पत्नीको प्रचारमा हिँडे, तर भोट हालेनन्

काठमाडौं, २२ मंसिर— पुराना कम्युनिष्ट नेता मसालका महामन्त्री मोहनविक्रम सिंह गृहजिल्ला प्युठानमा प्रचारमा हिँडे । उनको पत्नी तथा जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल यहाँबाट प्रतिनिधिसभा उम्मेदवार छिन् । तर सिंहले पत्नीलाई भोट भने नहालेको आजको नयाँ पत्रिकामा खबर छापिएको छ विदेशी मिडियामा नेपालको चुनावको यस्तो चर्चाकाठमाडौं, २२ मंसिर— विश्वका प्रतिष्ठित मिडियाहरुले नेपालको निर्वाचनमा चीन पक्षधर र भारत पक्षधर गठबन्धनबीच प्रतिस्पर्धा भएको समाचार प्रकाशित गरेका छन् आजको नयाँ पत्रिका दैनिक लेख्छ— रोयटर्स, बीबीसी, द वासिंटन पोस्टलगायत मिडियाले यस्तो सामग्री प्रकाशित गरेका हुन् नेपालको निर्वाचनसम्बन्धी समाचारमा अन्तराष्ट्रिय समाचार एजेन्सी रोएटर्सले लोकतान्त्रिक र वाम गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरु क्रमशः भारत र चीनसँग नजिक रहेको उल्लेख गरेको छ अमेरिकाको चर्चित पत्रिका द वासिंटन पोस्टलेत नेपालको निर्वाचनमा भारत र चीनमध्ये कसको जित होला भन्ने शीर्षकमा नै समाचार प्रकाशित गरेका थियो । सो समाचारबारे नेपालको प्रेस र बौद्धिक जगत्ले आपत्ति प्रकट गरेपछि उसले ‘नेपालको निर्वाचनलाई भारत र चीनले नजिकबाट हेरिरहेका छन्’ भन्ने शीर्षकमा परिवर्तन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?