१३ असार २०७९, सोमवार

‘ह्युपाः’ नेवारी भाषाको कथा संग्रह सार्वजनिक

२०७४,भाद्र,२२,बिहीवार १२:२९

0
Shares

काठमाडौँ, २२ भदौ । कथाकार भवानी तुलाधरद्वारा लिखित कथा संग्रह ‘ह्युपाः’(परिवर्तन) सार्वजनिक गरिएको छ ।नेपाल भाषा परिषद्ले प्रकाशनमा ल्याएको उक्त कथा संग्रहमा महिलाले सामना गर्दै आएको सामाजिक परिवेश, कुरीति र सांस्कृतिक विचलन जस्ता विषयलाई प्रधानता दिइएको छ । कथाकार तुलाधर २०२९ सालदेखि नेपाल भाषाको उन्नयन र साहित्य सिर्जनामा समर्पित रहँदै आएकि छन । पुस्तकको मूल्य रु १५० राखिएको छ ।कवयत्री नारायणदेवी श्रेष्ठले आज आयोजित एक कार्यक्रममा उक्त कथा संग्रहको लोकार्पण गरिन ।पुस्तकमाथि समीक्षा गर्दै प्रा. प्रेमशान्ति तुलाधरले पात्रहरुको मनोविश्लेषण अघि सार्नु भन्दा कथाकार आफैंले कथामा भाव व्यक्त गर्ने काम भएको बताउँदै सामाजिक कुरीतिको उन्मूलन गरी परिवर्तन ल्याउन व्यक्ति स्वयं अगाडि आउन जरुरी छ भन्ने सन्देश हरेक कथामा रहेको टिप्पणी प्रस्तुत गरिन ।परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यले भाषाको माध्यमबाट नेवार समुदायलाई एकताबद्ध गर्ने र समृद्धि प्राप्त गर्ने परिषद्को उद्देश्यसँग मेल खाने गरी पुस्तक प्रकाशन गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार १२:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले आगामी शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलहरूबाट प्रदर्शनमा आउने

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो

काठमाडौं । फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा तनावमा छिन् । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा

काठमाडौं । निर्देशक फराह खानको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही

ताजा समाचार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु
 २०७९,असार,१३,सोमवार १७:११
गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !
 २०७९,असार,१३,सोमवार १६:३५