अपडेटः रसुुवामा कांग्रेस ११ सय मतले अगाडी

रसुुवा ः रसुुवामा कांग्रेस र बाम गठबन्धनबिचको मतअन्तर फराकिलो बन्दै गएको छ । झण्डै ४५ सय मत गन्दा कांग्रेसका मोहन आचार्यले २८ सय ९७ मत प्राप्त गरेका छन् भने एमालेका जनार्दन ढकालले १७ सय ७१ मत प्राप्त गरेका छन् जसमा, प्रतिनिधि सभा तर्फ खाल्टे, थुमन, डाँडागाँउ, लांगटांग, टिमुरे, स्याप्रुबेसी, ठुलोगाँउ र बृद्दिम गणना हुंदा रुख स् २८९७ सुर्य १७७१प्रदेश ‘क’ ठुलो स्याप्रु, यार्सा, लांगटांग, थुमन, टिमुरे, बृद्दिम र स्याप्रु गणना हुंदा रुख स् १६०६ सुर्य स् १६४४ यसैगरी,नुवाकोटको दुई ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । मतगणना जारी रहेको अवस्थामा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याएका छन् भने कांग्रेसका रामशरण महतले २८८३ मत ल्याएका छन् यसैगरी क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ३०७० मत ल्याउँदा कांग्रेसका अर्जुन नरसिंह केसीले १९७० मत ल्याएका छन् सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिक अगाडि देखिएको छ । राप्रपाका पशुपतिशमशेर राणाले ६१२९ मत प्राप्त गरेका छन् भने एमालेका शेरबहादुर तामाङले ५९२९ मत प्राप्त गरेका छन् यस्तै सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले ८९७० मत र कांग्रेसका मोहनबहादुर बस्नेतले ४९४५ मत ल्याएका छन् । मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?