३ कार्तिक २०७८, बुधबार

‘ह्युपाः’ नेवारी भाषाको कथा संग्रह सार्वजनिक

२०७४,भाद्र,२२,बिहीवार १२:२९


काठमाडौँ, २२ भदौ । कथाकार भवानी तुलाधरद्वारा लिखित कथा संग्रह ‘ह्युपाः’(परिवर्तन) सार्वजनिक गरिएको छ ।नेपाल भाषा परिषद्ले प्रकाशनमा ल्याएको उक्त कथा संग्रहमा महिलाले सामना गर्दै आएको सामाजिक परिवेश, कुरीति र सांस्कृतिक विचलन जस्ता विषयलाई प्रधानता दिइएको छ । कथाकार तुलाधर २०२९ सालदेखि नेपाल भाषाको उन्नयन र साहित्य सिर्जनामा समर्पित रहँदै आएकि छन । पुस्तकको मूल्य रु १५० राखिएको छ ।कवयत्री नारायणदेवी श्रेष्ठले आज आयोजित एक कार्यक्रममा उक्त कथा संग्रहको लोकार्पण गरिन ।पुस्तकमाथि समीक्षा गर्दै प्रा. प्रेमशान्ति तुलाधरले पात्रहरुको मनोविश्लेषण अघि सार्नु भन्दा कथाकार आफैंले कथामा भाव व्यक्त गर्ने काम भएको बताउँदै सामाजिक कुरीतिको उन्मूलन गरी परिवर्तन ल्याउन व्यक्ति स्वयं अगाडि आउन जरुरी छ भन्ने सन्देश हरेक कथामा रहेको टिप्पणी प्रस्तुत गरिन ।परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यले भाषाको माध्यमबाट नेवार समुदायलाई एकताबद्ध गर्ने र समृद्धि प्राप्त गर्ने परिषद्को उद्देश्यसँग मेल खाने गरी पुस्तक प्रकाशन गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार १२:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोरोनाले कोल्याप्स भएको फिल्म क्षेत्र बौरिने क्रममा छ । उद्योग भनिएपनि ब्यवहारमा उद्योग नबन्दा यस क्षेत्रले अनेकन अवरोध

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले इन्स्टाग्राममा एउटा नयाँ भिडियो पोस्ट गरेकी छिन्। भिडियोमा शिल्पा शेट्टी वर्कआउट गर्नु अघि कपाल

विश्वको चलचित्र क्षेत्रमा सधैँ हलिउडले छलाङ मार्दै आएको मा यस पटक भने रसियन चलचित्र निर्माता र कलाकारहरूको टोलीले बाजी मारेका

काठमाडौं । बलिउड स्टार शाहरुख खानको छोरा आर्यन खान ड्रग्स मुद्दामा आर्थर रोड जेलमा रहेका छन्। आर्यन जेलमा सामान्य कैदीहरु

ताजा समाचार