२२ जेष्ठ २०८०, सोमवार

राष्ट्रिय चरित्र भएका संस्थाबीच एकता आवश्यक :डा. लोहनी

२०७४,भाद्र,२२,बिहीवार ११:५२

0
Shares

काठमाडौँ, २२ भदौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि राष्ट्रिय चरित्र भएका संस्थाबीच एकताको खाँचो औँल्याएको छ ।मुलुकमा भ्रष्टाचारको अन्त्य तथा रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेलगायत माग राख्दै पार्टीले आज गरेको मोटरसाइकल यात्राको उद्घाटन गर्दै पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्थामा त्यस्तो विशेषता पाइने हुँदा आफ्नो दल संवैधानिक राजसंस्थाका साथै हिन्दू राष्ट्रको पक्षमा रहेको बताए ।कार्यक्रममा वरिष्ठ नेता केशरबहादुर विष्टले विश्वमा एक मात्र हिन्दू राष्ट्रका रुपमा मुलुकको पहिचान अन्तर्राष्ट्रिय तहमा रहेकामा त्यसको पुनःबहाली गर्नुपर्ने माग गरे । नेता गणेश शेरचन, तारानाथ लुइँटेललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा मात्र हुनुपर्ने बताए ।यात्रामा सहभागी करिब ५०० जनाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई दण्डित गर्नुपर्नेलगायत माग गरेका थिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार ११:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१