मनाङमा एमालेको अग्रता

काठमाडौं । मनाङमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङले अग्रता कायम गरिरहेका छन् । झण्डै १८ सय मत गन्दा उनले ९०८ मत पाएका छन् भने कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । झण्डै ४३ सय मत खसेको मनाङको मतपरिणाम रातीसम्म आउने आँकलन गरिएको छ मतगणना तिब्र पारिएका अन्य जिल्लाको परिणाम भने आउन बाँकी नै छ । यस्तै प्रदेशको परिणम भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?