२२ जेष्ठ २०८०, सोमवार

जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई कमल थापाको निर्देशन

२०७४,भाद्र,२२,बिहीवार ११:१२

0
Shares

काठमाडौँ, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन ।प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै थापाले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान भई अगाडि बढ्न पनि कार्यकर्तालाई सुझाव दिए ।देशमा सुशासन कायम गर्न निर्धारित समयमा प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने थापाको भनाइ थियो । शुक्रबारसम्म जारी रहने उक्त सम्मेलनमा प्रदेश नं ३ अन्तर्गतका गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा भ्रातृ संगठनका अध्यक्ष गरी ३०० जनाको सहभागिता रहेको छ ।भेलाले प्रदेश तथा संसदीय चुनावमा अधिकतम स्थान जित्न आवश्यक रणनीति तयार गर्ने बताइएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१