लमजुुङमा कांग्रेसले लियो अग्रता

लमजुङ- लमजुङमा प्रतिनिधि र प्रदेश सभा तीनै सिटमा नेपाली काँग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १ हजार ६२८ मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेद्वार दिलबहादुर घर्तीले अग्रता लिएका छन् घर्तीले ७६९ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेद्वार देवप्रसाद गुरुङले ६९९ मत पाउनुभएको छ । ८८ मत बदर भएको छ । प्रतिनिधि सभातर्फ जनसमाजवादीका निराजन कुंवरले ३३, नयाँ शक्तिका देवेन्द्र पराजुलीले १९, संघीय समाजवादी फोरम नेपालका खेमजंग गुरुङले १४, देशभक्त समाजका मेत्तर गुरुङले २, राष्ट्रिय जनमुक्ती पार्टीका यमबहादुर थापामगरले १, विवेकशिल साझाका निर्देश सिलवालले १ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश सभा क र ख दुवैतर्फ नेपाली काँग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् प्रदेश सभा क मा ७१९ मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेद्वार गर्जबहादुर गुरुङले ३६७ मत ल्याएर अग्रता लिएका छन् भने प्रदेश क मा एमालेका धनन्ञ्जय दवाडीले ३०८ मत पाएका छन । प्रदेश सभा ख मा नेपाली काँग्रेसका कृष्णप्रसाद कोइरालाले अग्रता लिएका छन् । ९७२ मत गन्दा कोइरालाले ४७६ र एमालेका पृथ्वीसुब्बा गुरुङले ४५३ मत पाएका छन । जिल्ला समन्वय समितिको सभाहलमा प्रतिनिधि र प्रदेश सभाको एकैचोटी मतगणना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?