डोल्पामा अझै मतगणना शुरु हुन सकेन , यस्तो छ कारण

डोल्पा-पहिलो चरणको निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लाहरुमा मतगणन सुरु भएर धमाधम पहिलो चरणको मतपरिणम सार्वजनिक भईरहेको बेला डोल्पामा भन अझै मतगणना सुरुहुन सकेको छैन् मुख्य निर्वाचन कार्यालयले विहिबार बेलुकी ५ बजेभित्रै मतगणना सुरुहुने बताएतापनि सात बजेर तीस मिनेट गईसक्दा पनि मतगणनाहुन सकेको छैन्मुख्य निर्वाचन कार्यालयले मतगणनामा संलग्न कर्मचारीहरुलाई प्रसिक्षण कार्यक्रम सम्पन्न गरेर मतगणक कर्मचारीहरु मतगणनास्थल जिल्ला अदालत आईपुग्दा समेत सर्वदलिय बैठक समेत बस्न सकेको छैन् सर्वदलीय बैठकमा काङ्ग्रेसले मतगणनामा माग लिने वा नलिने भन्ने विषयमा अन्योल कायम राख्दै एक घण्टा समय मागेपछि अझै सर्वललिय बैठक बस्न नसकेको हो नेपाली काङ्ग्रेसले उपल्लो डोल्पाका तीन वटा स्थानीय तह र तल्लो डोल्पाका दुई स्थानीय तहका दुईवटा मतदान केन्द्रमा पुन मतदानको माग राख्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको थियो उक्त उजुरी उपर कारवाही अगाडी बडाई निर्वाचन आयोगले मुख्य निर्वाचन कार्यालय डोल्पामा स्पस्टिकरण सोधेको थियो ।आयोगको सोधेअनुरुप निर्वाचनमा भएको गतविधि सबै समेटेर स्पस्टिकरण पठाईसके पछि विहिबार बेलुकी मात्रै मतगणन सुरुगर्नु भन्ने पत्र आएको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिनुभयो अबको आधा घण्टा भित्रै सर्वदलीय बैठक बस्ने र आठबजे भित्रै मतगणना सुरुहुने उहाँले जानकारी दिनुभयो काङ्ग्रेस जिल्ला सभापती तथा प्रतिनिधि सभाका उम्मेद्वार अंगत कुमार बुढाका अनुसार आधा घण्टा भित्रै काङ्ग्रेसले मतगणनामा भाग लिने बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?