काठमाडौँका मेयर शाक्यलाई आक्रमणको प्रयास

काठमाडौँ, २१ मंसिर —काठमाडौँ क्षेत्र नम्बर–९ का कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरिक रञ्जितले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आक्रमणको प्रयास गरेका छन् काठमाडौँ महानगरपालिका वडा नम्बर–२१ को लगनटोल नजिक उहाँलाई ध्यानगोविन्दका छोराले दुव्र्यवहार गर्दै आक्रमणको प्रयास समेत गरेपछि सुरक्षाकर्मीले जोगाएका थिए । मेयर शाक्य मतदातासँग कुराकानी गरिरहेका बेला युरिकले एक्कासी आक्रमणको प्रयास गरेका हुन् । ‘सुरक्षाकर्मीको सतर्कताले मलाई केही भएन,’ मेयर शाक्यले भन्नुभयो, ‘मलाई दुव्र्यवहार गर्दै उहाँसहित केही व्यक्तिलेआक्रमणको प्रयास गरेका थिए ।’ २१ वडाका वडाध्यक्ष उदयचुडामणि बज्राचार्यलाई पनि उनले हातपातको प्रयास गरेका थिए । एमालेले क्षेत्र नम्बर–९ मा कांग्रेस हार्ने निश्चित भएपछि आक्रमणमा उत्रिएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?