पहिलो चरणको निर्वाचनको मतगणना अधिकांश ठाँउमा शुुरु ,दोस्रो चरणको निर्वाचनको मतगणना भोलीबाट

काठमाडौँ, २१ मंसिर – दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान बिहिबार ५ बजे सकिएसँगै पहिलो चरणमा मंसिर १० गते भएको मतदानको मतगणना अधिकांश जिल्लामा सुरु भएको छ मंसिर १० गते ३२ जिल्लाको मतदान भएको थियो । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएलगत्तै बिहिबार ५ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरेसँगै मतगणना सुरु भएको हो प्राप्त जानकारीअनुसार गोरखा, नुवाकोट, रसुवा, ओखलढुंगा, डोल्पा, सिन्धुपाल्चोकलगायतका जिल्लामा मतगणना सुरु भइसकेको छ । मतगणना सुरु गर्नका लागि दिउँसै सर्वदलीय बैठक बसेका थिए भने बाँकी जिल्लामा पनि मतगणनाको सुरु भएको छ गोरखमा क्षेत्र नम्बर २ को मतगणना क्षेत्र जिल्ला समन्वय समितिको भवनमा सुरु भएको छ । जहाँ नयाँ शक्तिका बाबुराम भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको उम्मेदवारी रहेको छ । यस्तै क्षेत्र नम्बर १ को मतगणना जिल्ला अदालतमा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?