मन्त्रीको गाडी बन्यो मतदाता ओसार्ने साधन

तनहुँ, २१ मंसिर – तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारा स्थित जनकल्याण मावि केन्द्रमा मन्त्री आशा कोइरालाको सरकारी गाडीले मतदाता ओसारेको भेटिएको छ । बिना विभागीय मन्त्री कोइराला तनहुँको क्षेत्र नम्बर २ को (क) तर्फका उम्मेदवार हुन मन्त्री कोइरालाको बा २ झ २६१६ नम्बरको गाडीमा मतदाता ओसारपसार गरेको देखिएको छ । मन्त्रीको गाडीमा आठ, नौ पटक सम्म मतदाता ओसारपसार गरेको बुझिन आएको छ प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्यले मन्त्रीले सवारीमा मतदाता ओसारेको खबर पाएकोले त्यस्तो कार्य रोक्न तुरुन्तै अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?