जनताको निर्वाचनमा उत्साहका साथ सहभागी – राजेन्द्र लिङदेन

झापा, २१ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले जनता निर्वाचनमा उत्साहका साथ सहभागी भएको बताउनु भएको छ झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनु भएका लिङदेनले जनताले मुलुकको आर्थिक समृद्धि ल्याउने मुख्य अवसरमा रुपमा निर्वाचनलाई लिएको पनि स्पष्ट पार्नु भयो । झापाको हल्दीबारी गाउँ पालिकास्थित गौधाप बजारस्थित वडा नम्बर १ को वडा कार्यालयमा मतदान गरेलगत्तै उहाँले संचारकर्मीमाझ जनताले यो निर्वाचनपछि मुलुकमा समृद्ध छाउने विश्वास गरेको पनि स्मरण गराउनु भयो महामन्त्री लिङदेन काँग्रेस नेता एवम् पूर्व उप्रधानमन्त्री कृष्ण सिटौलासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?