मतदान गर्न जाने क्रममा मृत्यु

डोटी, २१ मंसिर – जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?