तेह्रथुममा पैसा बाँड्दा–बाँड्दै एमालेका कार्यकर्ता रंगेहात समातिए

तेह्रथुम, २० मंसिर । तेह्रथुममा बाम–गठबन्धनका कार्यकर्ताले मतदातालाई प्रभावित पार्न पैसा बाँड्दा बाँड्दै कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवारले पक्राउ गरेका छन् नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाले पैसा बाँड्दै गरेका एमाले कार्यकर्ताहरु सभा पौडेल र गोपाल खापुङलाई बुधबार रंगेहात फेला पारेका हुन कांग्रेस उम्मेदवार ढुंगानाले केही नगद रुपैयाँ सहित भेटिएका पौडेल र खापुङलाई प्रहरीलाई जिम्मा लगाउन पठाएका थिए । तर एमाले कार्यकर्ताहरुले पुनः मतदाताको स्वाभिमानी मत खरिद गर्न प्रयास नगर्ने शर्तसहित माफी मागेपछि दिएको रकम फिर्ता गराई उनीहरुलाई छाडिएको कांग्रेस उम्मेदवार ढुंगानाले बताए बुधबारै लालीगुराँस नगरपालिकाको सोल्मामा पनि एमालेका नेताहरुले पैसा बाँड्दै गर्दा कांग्रेस कार्यकर्ताहरुले फेला पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?