च्याम्पियन्स लिगमा प्रिक्वाटरफाइनल पुग्ने १६ टोलीको छिनोफानो

काठमाडौं, २१ मंसिर । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ बुधबाररातिका खेलपछि नकआउट चरणमा पुग्ने टोलीको छिनोफानो भएको हो । गएराति भएका समूह चरणका अन्तिम खेलहरुमा इङ्ल्यान्डका लिभरपुल र टोटनह्याम हट्सपर विजयी भए भने म्यान्चेस्टर सिटी भने पराजित भएको छ लिभरपुलले रुसको स्पार्टा मस्कोलाई ७–० को फराकिलो अन्तरले हरायो । अर्को इङलिस क्लब टोटनह्याम हट्सपरले साईप्रसको अपोईल निकोसियालाई ३–० ले पराजित गर्यो यसअघि नै अन्तिम १६ मा पुगिसकेको म्यान्चेस्टर सिटी भने युक्रेनको शख्तर डोनेस्कसँग २–१ ले पराजित भयो अर्को खेलमा स्पेनको रियाल मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई ३–२ ले हराउँदा पोर्चुगलको एफ.सी पोर्टोले फ्रान्सको मोनाकोलाई ५–२ ले पराजित गर्यो यसैगरी टर्कीको बेसिक्तासले जर्मनीको आरबी लेप्जीगलाई २–१ ले हराउँदा नेदरल्याण्ड्सको फेयनुर्डले इटालीको नापोलीमाथि २–१ कै जित निकाल्यो गएरातिका खेलपछि च्याम्पियन्स लिगका सबै ८ समूहका विजेता तथा उपविजेता टोलीको टुंगो लागेको छ यस पटक विजेताको रुपमा म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटी, लिभरपूल, टोटनह्याम हट्सपर, बार्सिलोना, पेरिस सेन्ट जर्मेन, ए.एस रोमा र बेसिक्तास अन्तिम १६ मा पुगेका छन् यसैगरी समुह उपविजेताको रुपमा चेल्सी, रियल मड्रिड, बायर्न म्युनिख, युभेन्टस, सेभिया, शख्तर, एफ.सी बाजल र पोर्टो नक आउट चरणमा पुगेका छन् । च्याम्पियन्स लिग नक आउट चरणको खेल तालिका सोमवार सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?