६ जेष्ठ २०७९, शुक्रवार

आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल : प्रधानमन्त्री

२०७४,भाद्र,२२,बिहीवार ०८:३७

0
Shares

विष्णु नेपाल / काठमाडौँ, २२ भदौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताएका छन ।नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक आज आयोजित अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह तथा प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालकोे अन्त्य भई दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे ।खासगरी दक्षिण एशियामा खाद्य तथा पोषणको अवस्थाका बारेमा समीक्षा गर्दै आगामी दिनमा अपनाइनुपर्ने रणनीतिका बारेमा छलफल गर्ने ध्येयले आयोजित सो दुईदिने गोष्ठीमा नेपालसहित यस क्षेत्रका १६ देशका ११६ जनाको सहभागिता रहेको छ ।प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपालले मातृ तथा शिशु मृत्युदरमा उल्लेख्य प्रगति गरेको चर्चा गर्दै पाँच वर्षमुनिका बालबालिका, विद्यालय तहका छात्रछात्रा तथा महिलालाई लक्षित गरी खाद्य तथा पोषणका कार्यक्रमलाई समन्वय गरी थप प्रभावकारी बनाइने जानकारी दिए । गरिबी न्यूनीकरण गर्न दिगो कृषि विकास, कृषिको उत्पादन वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सुधारमा सरकारले ध्यान दिएको प्रधानमन्त्री देउवाले बताए ।राष्ट्रिय योजना आयोगको समन्वयमा कृषि, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, स्थानीय विकास, स्वास्थ्य तथा शिक्षा मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई कार्यान्वयनमा ल्याइरहेका छन् । पहिलो चरणको योजना सफल भएपछि आयोगले दोस्रो चरणको योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।दोस्रो चरणको योजनामा ती मन्त्रालयका साथसाथै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप गर्न लागिएको छ । सो योजनाले पाँच वर्षमुनिका पुड्को ३६ प्रतिशतबाट २०, ख्याउटे १० प्रशितलाई न्यून, कम तौल २७ प्रतिशतबाट १२ र रक्तअल्पता कम गर्ने अति महत्वकांक्षी योजना समावेश गरिएको छ । 

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार ०८:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले

धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

ताजा समाचार

यस्तो छ भरतपुरको पछिल्लो मतगणना अपडेट
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४६
नेपालगञ्ज उपमहानगरमा गठबन्धनको जित
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४४
आज धेरै क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:५५
अछामको साँफेबगरमा आज मतदान
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:२४
राजविराज नगरपालिकामा जसपा विजयी
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:१०