कुन नेता कहाँबाट मतदान गर्दै छन् ?

काठमाडौँ, २१ मङ्सिर- प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत बिहीबार हुन गइरहेको दोस्रो चरण निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन्आजको अन्नपूर्ण पोस्टका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउपालिका- १, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्प्रधानमन्त्री पत्नी तथा कैलाली-५ की उम्मेदवार डा. आरजु राणासहित देउवाले त्यहाँबाट मतदान गर्न लागेका हुन्एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक-२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्दै छन्माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भरतपुर-४ स्थित लक्ष्मी मावि लंकु मतदान केन्द्रमा आफैँलाई मतदान गर्नेछन्एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका- ९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्एमाले नेता माधव नेपालले गौर नगरपालिका- २ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दैछन्एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका- ८ को त्रिभुवन माविमा मतदान गर्दैछन्अर्का उपाध्यक्ष युवराज ज्ञावालीले दाङको तुलसीपुर- १७ स्थित दीपेन्द्र मावि मानपुरबाट मतदान गर्नेछन्एमालेकै उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर- ६ स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा मतदान गर्नेछन्महासचिव इश्वर पोखरेलले पनि काठमाडौं ५ स्थित टोखा- ६, स्काईलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्नेछन्उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल- ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्नेछन्सचिव प्रदीपकुमार ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका- ४, बम्घा निमावि भवन चौतारामा मतदान गर्नेछन्पूर्व सभामुख सुभासचन्द्र नेम्वाङले इलाम- ७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन्वरिष्ठ नेता रामचन्द्र पौडेलले तनँहुको व्यास-२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रवाट मतदान गर्नेछन्महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं-३, महाराजगन्ज चोकस्थित भ्याली स्कुल केन्द्रबाट मतदान गर्नेछन्राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा हेटौंडा ५, पिप्लेस्थित बालज्योति माविमा मतदान गर्ने छन्त्यस्तै, राजेन्द्र महतोले पनि आफैंलाई भोट हाल्न पाउने छैनन्। उनले सर्लाही चन्द्रनगर- २, दुर्गा खोभारी जनता उमावि केन्द्र्रमा मतदान गर्दै छन्। उनी आफू भने धनुषा ३ मा उम्मेदवार छन्। त्यस्तै, अनिल झाले रौतहटको दुर्गाभगवती गाउँपालिका सस्कृत उमावि मतदान केन्द्र, महेन्द्रराय यादवले सर्लाहीको हरिपूर्वा नगरपालिका-९ स्थित रामजानकी मन्दिर मतदान केन्द्र र र शरतसिंह भण्डारीले महोत्तरीको औरही मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?