चुनावमा यातायात प्रतिबन्धमा विकल्प किन नखोज्ने ?

काठमाडौँ, २१ मङ्सिर- प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मध्यरातिदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी मात्र होइन, सरकारी सवारीसाधनसमेत चलाउन रोक लगाएको छ । यस अवधिमा सुरक्षालगायत अत्यावश्यक सेवामा खटिने पासवाहक सवारी मात्र सडकमा दौडने छन् । निर्वाचनका लागि गरिएको यस्तो प्रतिबन्धले सर्वसाधारणको दैनिकीलाई भने निकै अप्ठ्यारो पार्नेछ, कान्तिपुरमा खबर छ सार्वजनिक बिदा भए पनि अनौपचारिक क्षेत्रमा गर्नैपर्ने अनेकौं कामको दौडाहामा निस्कनुपर्ने सर्वसाधारण यसको प्रत्यक्ष मारमा पर्नेछन् । मतदान केन्द्र टाढा भएका वृद्धवृद्धा, शारीरिक रूपमा अशक्तलगायतलाई निर्वाचनमा सहभागिता जनाउनै हम्मे पर्छ निर्वाचनका दिन सवारी आवागमनमा रोक लगाउने कुनै कानुनी व्यवस्था नभए पनि निर्वाचन आयोगले सबै निर्वाचनमा यसैगरी सवारीसाधन सञ्चालनमा एकदिने प्रतिबन्ध लगाउँदै आएको छ । विज्ञका अनुसार निर्वाचनका दिन कुनै पनि स्थानमा एकैपटक धेरै भीड हुन नपाओस् भनेर यातायातका साधन सञ्चालनमा रोक लगाउने अभ्यास भएको हो । ‘निर्वाचनको स्वच्छता र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सजिलो होस् भनेर नै सवारी आवागमनमा रोक लगाउने गरिएको हो,’ पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, ‘अब यसमा सुधार गर्ने बेला भने आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?