काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डलको भेट, के भयो छलफल ?

काठमाडौँ, २० मंसिर – नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उनकै निवास गोंगबुमा शिष्टाचार भेट गरेको छ युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पर्यवेक्षणको सिलसिलामा सरोकारवाला पक्षसँगको भेटघाट गर्ने क्रममा पूर्वमन्त्री एवं काँग्रेस नेता केसीसँग भेटेको हो यसअघि सो प्रतिनिधिमण्डलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग आजै भेट गरेको थियो सो अवसरमा प्रतिनिधिमण्डल प्रमुख गीलबाट समावेशी प्रजातन्त्र, मानवअधिकार र नेपालको पछिल्लो राजनीतिक स्थितिबारे जिज्ञासा राख्दै संसदीय मूलधारमा आइसकेको वाम गठबन्धन र नेपाली काँग्रेस पार्टीबीचको भिन्नताका बारेमा जानकारी माग भएको थियो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा ध्यानाकर्षण गर्दै गिलबाट निर्वाचनपछि चुनावी परिणाम र नेपालको भावी मार्गचित्रबारे जिज्ञासा पनि आएको थियो काँग्रेस नेता केसीले निर्वाचन आयोगलाई साधनस्रोत सम्पन्न गरी अझ जवाफदेही र विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना हुन नसकेको तथा सिद्धान्त र निष्ठाको राजनीति समाप्त हुन लागेको भनी चिन्ता व्यक्त गरे उनले संसदीय व्यवस्था स्वीकार गरी निर्वाचन प्रक्रियामा समावेश भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले संवैधानिक व्यवस्था विपरीत अहिले राष्ट्रपतीय प्रणालीको वकालत गर्न थाल्नु राजनीतिक बेइमानी भएको बताए काँग्रेस नेता केसीले वाम गठबन्धनसमेतको सक्रिय सहभागितामा ल्याइएको विद्यमान संविधानलाई कार्यान्वयन लानुपर्ने समयमा नेतृत्व तहबाटै राष्ट्रपतीय प्रणाली कायम गर्ने र आगामी ५० वर्षसम्म एकछत्र शासन गर्ने भनाइ आउन थाल्नु नेपाल र नेपालीको लागि दुर्भाग्य भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?