साफ महिला फुटबल च्याम्पियनसिपमा स्याङ्जाबाट सात खेलाडी छानिए

स्याङ्जा, २० मंसिर – पन्ध्र वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि स्याङ्जाबाट सात महिला खेलाडी छानिएका छन् आगामी पुस २ गतेदेखि ९ गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २० सदस्यीय टोलीमा सात खेलाडी स्याङजाबाट पर्न सफल भएका ट्रिनिटी क्लब वालिङका प्रशिक्षक दिलीप थापाले बताए स्याङ्जाबाट सरिष्मा थापा, सुस्मा जिटी, पुष्पा गुरुङ, सरस्वती हमाल, रिया बानु, अस्मिता रनपाल र मनमाया विक च्याम्पियनसिपका लागि छनौट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?