अन्ततः यी उम्मेदवारको सपना अपूरै भयो, सर्वोच्चले अन्तरिम आदेश दिएन

सर्लाही निर्वाचन क्षेत्र नं ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादव उम्मेदवार बन्न नपाउने भएका छन् बुधबार सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । मुद्दाको अन्तिम फैसला नहुँदासम्म रायको उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहने बताइएको छ न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो यसअघि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?