आईसीसी लिग च्याम्पियनसिप : नेपालले युएईलाई दियो २२२ रनको लक्ष्य पेश

काठमाडौं, २० मंसिर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरकत्त अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रन बनाएको हो घरेलु टोली युएईले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । नेपालका लागि शरद भेषावकरले नटआउट ८१ रनको महत्वपूर्ण पारी खेले भने उपकप्तान ज्ञानेन्द्र मल्लले ५४ रन बनाए यसैगरी कप्तान पारस खड्काले २० रन, सोमपाल कामीले १९, दिलीप नाथले १६ रन बनाए भने विनोद भण्डारीले ४ रन मात्रै बनाउन सके भने आरिफ शेख शून्य रनमा आउट भए नेपालका लागि बसन्त रेग्मीले अविजित १४ रन बनाए । बलिङतर्फ युएईका जहुर खानले २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?