बागदरबार पुनःनिर्माणको प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौँ, २० मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेश गर्न काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन दिएको छ प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत सरोकार भएका निकायको बैठकले यस्तो निर्देशन दिएको हो भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरबारको प्रबलीकरण गर्ने वा पुनःनिर्माण विषयमा संरचनागत विश्लेषणसहितको प्रतिवेदन पेश गर्न बैठकले निर्देशन दिएको प्रवक्ता यमलाल भुसालले बताए प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा आज बसेको बैठकले विभागलाई ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण चालु आवभित्रै सक्ने निर्देशन दिएको छ प्रवक्ता भुसालका अनुसार बैठकमा महानगरपालिकाले रानीपोखरीको मर्मत आगामी पुस मसान्तसभित्रै गरेपछि दोस्रो चरणको सौन्दर्यीकरणको काम पनि चालु आवभित्रै सम्पन्न गरिसक्ने सहमति भएको छ बैठकले भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटै स्थानीय तहमा तालीमप्राप्त डकर्मीको कमी भएकाले पुस मसान्तभित्रै सबै स्थानीय तहमा सातदिने डकर्मी तालीम सञ्चालन गर्ने निर्णय गरेको छ । तालीमबाट ५४ हजार डकर्मी उत्पादन गर्ने निर्णय पनि बैठकले गरेको छ सोका लागि शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, घरेलु तथा साना उद्योग विकास समिति, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, गरिबी निवारण कोष, प्राधिकरणअन्तर्गतको जिल्ला समन्वय समिति सचिवालय र सोअन्तर्गत संलग्न विभिन्न गैरसरकारी संस्थालाई जिम्मा दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?