विवादित जेरुसेलमलाई इजरायली राजधानीको मान्यता दिने तयारीमा ट्रम्प

वासिंगटन, २० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने तयारी गरेका छन् वरिष्ठ अमेरिकी अधिकारीहरुले ट्रम्पले जेरुसेलमलाई इजरायली राजधानीको रुपमा मान्यता प्रदान गर्दै अमेरिकी विदेश मन्त्रालयलाई तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसलेममा सार्न निर्देशन दिने तयारी गरेको जनाएका छ ट्रम्पले जेरुसेलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिएमा बर्षौयताको अमेरिकी नीति र अन्तर्राष्ट्रिय सहमतिको उल्लंघन हुनेछ । अरब देशहरुले भने अमेरिकाको यस्तो कदमले मुस्लिम विश्वमा हिंसालाई थप बढावा दिने चेतावनी दिएका छन् यद्यपि जेरुसेलम इजरायलको राजधानी भएको यथार्थलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार मात्रै गर्न लागेको दाबी गरेका छन् । जेरुसेलमलाई इजरायल र प्यालेस्टाइन दुवैले आफ्नो राजधानीका रुपमा दाबी गर्दै आएका छन् अमेरिकी संसदले २२ वर्षदेखि त्यस्तो कदम चाल्न भनिरहेपनि विगतका अमेरिकी राष्ट्रपतिहरुले त्यस्तो नगर्ने अडान लिएका थिए उनीहरुले जेरुसलेमको भविष्य लेनदेनका आधारमा तय गरिने समझदारीबाट टुङ्गो लगाइनुपर्नेमा एकमत रहँदै आएका थिए । मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन् इस्लामका धार्मिक स्थलको सुरक्षाको अभिभारा सम्हालिरहेका जोर्डन र साउदी अरेबियाले कडा चेतावनी दिँदै जेरुसलेमलाई इजरायली राजधानीको रुपमा मान्यता दिने कदमले मुसलमान विश्वमा तनाव बढाउनसक्ने चेतावनी दिएका छन् जेरुसलेममाथिको इजरेली सार्वभौमसत्ता अन्तर्राष्ट्रिय स्तरबाट समेत हालसम्म स्वीकार गरिएको छैन । सोही कारण अमेरिका सहित सबै देशहरुले तेल अभिभमा आफ्ना दूतावास राखेका छन् सन् १९६७ यता इजरेलले पूर्वी जेरुसलेममा दर्जनौं यहुदी ण्बस्तीहरु बनाएको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार ती बस्तीहरु गैरकानूनी मानिन्छन् । यद्यपि इजरायलले त्यसलाई अस्वीकार गर्ने गरेको छ अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीका रुप्मा स्वीकार गर्नु ती वस्तीहरु वैधानिक भएको इजरायली दाबीलाई थप बल पुग्नु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?