९ चैत्र २०७९, बिहीवार

पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारी पक्राउ

२०७४,भाद्र,२२,बिहीवार ०५:५८

0
Shares

काठमाडौँ, २२ भदौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ ।आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो ।आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा रु पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।पक्राउ पर्नेले ४५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी रु एक हजार ५०० दरले रु छ लाख ७५ हजार मागेका थिए । तर बार्गेनिङ गर्दा रु पाँच लाखमात्र लिने शर्तमा घुस लिँदै गर्दा घुस रकमसहित पक्राउ गरिएको हो । रासस

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार ०५:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००