१७ असार २०७९, शुक्रवार

मनाङको अर्गानिक आलु अब काठमाडौँतिर

२०७४,भाद्र,२२,बिहीवार ०५:०९

0
Shares

मनाङ०, २२ भदौ ।बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ ।मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन ।जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थाले । हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात छ । नेपालमा अर्गानिक खेती हुने जिल्लामध्ये मनाङ अग्रपंक्तिमा पर्छ ।यहाँको प्रमुख बालीमध्ये आलुलाई लिइन्छ । अहिले आलु खन्ने समय भएको छ । वर्षको एक पटकमात्र खेतीपाती गरिने भएपनि यहाँको उत्पादनले नेपालीको मात्रै नभई विदेशीको मन जितेको छ ।आलुलाई तरकारीको राजाको रुपमा लिइन्छ, त्यसमाथि मनाङको अर्गानिक आलुको कुरै बेग्लै । यहाँ आउने नेपाली पर्यटक हुन् या विदेशी पर्यटक पाएसम्म स्वादिलो आलुको परिकार खान रुचाउँछन् । मनाङका प्राय होटलमा आलुका विभिन्न परिकार बनिरहेका हुन्छन् ।मनाङका होटलमा खपत भएर आफूहरुले खानेबाहेक बाँकी सबै आलु खेर जानेगरेको आलुले अहिले भने बजार पाएको छ ।आफूलाई गुजाराका लागि मात्र खेती गर्ने गरेका यहाँका कृषकले अहिले भने व्यावसायिक रुपमा आलुखेती गर्न थालेका छन भने मनग्ये आम्दानी पनि गर्न थालेको बताउँछन ।

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार ०५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडाैं  संक्रमितहरू भेटिएका छन् । उपत्यकाका

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय

बनेपा । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते

जनकपुर । मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि जनकपुरको उद्योग

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१