काठमाडौं, २० मंसिर— बिहिबार (भोलि)हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ४५ जिल्लामा यातायात सञ्चालनमा रोक लगाइएको गृहमन्त्रालयल जनाएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधन र अन्यावश्यक सेवाका कुनै पनि सवारीसाधन बेलुका ७ बजेमम्म सञ्चालनमा रोक लगाइएको जनाएको छ मन्त्रालयले बिहिबार ४५ जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ यसअघि नै निर्वाचन भइसकेका ३२ जिल्लामा भने यातायातमा कुनै रोकावट हुनेछैन यी हुन् २१ गते चुनाव हुन लागेका ४५ जिल्ला, जहा गाडी चल्दैन प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख,प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया