२२ जेष्ठ २०८०, सोमवार

आज निजामती सेवा दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

२०७४,भाद्र,२२,बिहीवार ०४:४४

0
Shares

काठमाडौँ, २२ भदौ ।आज १४ औँ निजामती सेवा दिवस देशभर विविध मनाइँदैछ ।‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।दिवसकै अवसरमा आज स्वास्थ्य मन्त्रालयमा रक्तदान कार्यक्रम गरिँदैछ । बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पु¥याएकाले यो वर्ष हर्सोल्लासका साथ दिवस नमनाइएको न्यौपानेले जानकारी दिए ।मन्त्रालयले एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम गर्दै आइरहेको छ । दिवस मनाउनका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो । नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन । दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ ।दिवसकै अवसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार दिइएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२२,बिहीवार ०४:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१