मेयर विद्या सुन्दरलाई लाई वडा अध्यक्षको रिजालको चुनौती, घर बहालकर दुई प्रतिशत मात्र

काठमाडौं,२१ भदौ ।घर बहाल कर वापत १२ प्रतिशत कर लिदै आएको काठमाडौं महानगरपालिका कार्यालयलाई १६ नम्बर वडा कार्यालयले कर दुई प्रतिशतमा झार्न पत्राचार गरेको छ ।काठमाण्डौं महानगरपालिकाको १६ नम्बर वडाका अध्यक्ष मुकन्द रिजालले वडा समितिको बैठकबाट आर्थिक बर्ष २०७४र२०७५ देखी घर बहालकर २ प्रतिशत मात्र लिने निर्णय भएको भन्दै महानगरपालिकालाई उक्त निर्णयको कपि पठाएका छन । वडा अध्यक्षले १२ प्रतिशत करले महानगरका बासिन्दा मर्कामा परेको जिकिर गरेका छन ।काठमाडौं महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्य काम गर्न नसकेर जनताबाट अलोकप्रिय भइरहेको बेला वडा अध्यक्षले यस्तो निर्णय गरेर महानगरवासीको पक्षमा काम गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?