काठमाडौँ, १९ मंसिर । सर्लाही निर्वाचन क्षेत्र नं ४ का माओवादी उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतलले कारण देखाउ आदेश जारी गरेको छ उम्मेदवार खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राय यादवले दिएको रिटविरुद्ध न्यायाधीश दिपकराज जोशीको इजलासले आज लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफलका लागि निर्वाचन आयोग र निवेदक पक्षलाई बुधबार बोलाएको हो यादवले बाम गठबन्धनको तर्फबाट सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिनिधी सभासदस्य पदमा उम्मेदवारी दिएका थिए पछि उनको उम्मेदवारी विरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । यसविरुद्ध उनी सर्वोच्च पुगेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया