३१ भाद्र २०७८, बिहीवार

जनसम्पर्क समिति साउदीद्वारा बाढी पीडितलाई सहयोग ( भिडियो सहित)

२०७४,भाद्र,२१,बुधबार १५:५६


सप्तरी, २१ भदौ ।नेपाली जनसम्पर्क समिति साउदी अरबले तराईका बाढी पीडित जनतालाई राहत वितरण गरेको छ । साउदी अरबमा बसोबास गर्ने नेपाली कांग्रेससँग आस्थावानहरुले तराईका बाढी पीडितको निम्ति संकलन गरेको रकम मंगलबार सप्तरी जिल्लाको अत्ति नै दुर्गम गोबरगाडामा गई वितरण गरिएको हो ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलसहित, नेपाली जनसम्पर्क समिति साउदी अरबका संरक्षक पुरुषोत्तम खनाल र वरिष्ठ उपसभापति अर्जुन थापासहितको टोली दुईघण्टाभन्दा बढी डुङ्गाको यात्रागर्दै गोबरगाढा पुगेको थियो । अत्यन्तै कष्टकर दैनिकी गुजारा गरिरेका गोबरगाडाका जनताले राहत टोली पुग्दा स्वागत गरेका थिए । गिरिजाप्रसाद कोइरालापछि आफ्नो गाँउमा कोही नआएको र अहिले पौडेल सहितको जनसम्पर्क समिति साउदी अरबको टोली पुगेको भन्दै स्थानीयले धन्यवाद दिए ।भिडियो

 नेपालको श्रीलंकाको रुपमा चिनिने गोबरगाडाका जनताको दैनिकी पशुपालनभन्दा अन्य विकल्प छैन । स्थानीयको नाममा अहिलेसम्म जमिनको लागपुर्जा नभएको भन्दै बैकल्पिक व्यपस्थाको लागी पहल गरिदिन पीडित जनताले आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२१,बुधबार १५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्वत । विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन्। पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका

काठमाडौं । गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको

पर्वत । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवकको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको

काठमाडौं । गैर आवासिय नेपाली संघ चिनको ७ औं महाधिवेशनमा सम्पन्न भएको छ । गैर आवासिय नेपाली संघ चिनको अध्यक्षमा

ताजा समाचार