२१ जेष्ठ २०८०, आईतवार

एनआरएन पोर्चुगलको केन्द्रिय सदस्यमा म्याग्दीका लालबहादुर नेपालीकोे उम्मेदवारी

२०७४,भाद्र,२१,बुधबार १२:३४

0
Shares

पोर्चुगल, भदौ २०गैरआवशिय नेपाली संघ (एनआरएन) पोर्चुगलको केन्द्रिय सदस्यमा म्याग्दी भुरुङका लालबहादुर नेपालीले उम्मेदवारी दिएका छन् । केही दिन पछि सम्पन्न हुने एनआरएन पोर्चुगलको प्रवक्तासहित केन्द्रिय सदस्यमा नेपालीले दाबी गरेको हुन् । म्याग्दीको भुरुङ तातोपानी गाविसमा २०३० सालमा जन्मिएका नेपाली विभिन्न सामाजिक गतिविधीमा क्रियासिल रहदै आएका छन् । विभिन्न सामाजिक सस्थामा संलग्न रहेका नेपाली नेपाली राष्ट्रबादी मिलन केन्द्रका महामन्त्री एंव राप्रपा नेपालका पूर्व आमन्त्रित केन्द्रिय सदस्य समेत हुन् । २०५४ मा चर्चित टेलिचलचित्र कालीगण्डकीको सेरोफेरोको निर्मात समेत रहेका लालबहादुरले दर्जनौ सम्मान, पुरस्कार र अभिनन्दन पाएका छन् । उनले वीरेन्द्र ऐश्वर्य पदक लगायतका पदकहरु समेत प्राप्त गरिसकेका छन् । नेपालीले चुनाबी एजेण्डामा रुपमा माटोको महत्व , कोष पारदर्शिता ,धार्मिक सांस्कृतिक चेतना , अध्यागमन पूर्ण चेतना तथा समस्या समाधान कार्यालय , नेपालीपनको महत्व , एन आर एन सदस्यताको लागि चेतना र आपसी सदभावको मार्गचित्र लगायत विषय उठाएका छन् । एनआरएन चुनाबमा नेपाली राजनीतिक दलहरुले पनि विशेष महत्वको साथ लिने गरेका छन् ।

प्रकाशित मिति: २०७४,भाद्र,२१,बुधबार १२:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन्

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले

काठमाडौं । कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१