नेपाल आइडलको भोट नगन्न अदालतको आदेश, अब के हुन्छ ?

काठमाडौं, २१ भदौ ।जिल्ला अदालत काठमाडौंले नेपाल आइडलको भोट गणना नगर्न  अन्तरिम आदेश दिएको छ ।अदालतले भदौ २३ गते सम्म भोट गणणा नगर्न आदेश दिएको हो ।आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भोटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गराएको थियो ।आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?