१३ आश्विन २०८०, शनिवार

नेपाल आइडलको भोट नगन्न अदालतको आदेश, यो पनि हो विकल्प

२०७४,भाद्र,२१,बुधबार १२:०२

0
Shares

काठमाडौं, २१ भदौ ।जिल्ला अदालत काठमाडौंले नेपाल आइडलको भोट गणना नगर्न  अन्तरिम आदेश दिएको छ ।अदालतले भदौ २३ गते सम्म भोट गणणा नगर्न आदेश दिएको हो ।आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भोटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गराएको थियो ।आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ । 

प्रकाशित मिति: २०७४,भाद्र,२१,बुधबार १२:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०